युवराज पौडेल/ पौष १
राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका प्रवक्ता बाेधराज रेग्मीले अबको राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई चुक्ने छुट नभएको बताएका छन् ।
पाेखरामा संचारकर्मीहरुसंगकाे भेटघाट कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । उनले भने -“राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गए पनि वा प्रतिपक्षमा बसे पनि संसद पुगेका २० जना माननीयहरुले जनमतको कदर गर्दै देश र जनताका पक्षमा काम गर्नुहुनेछ । हामी देश र जनताकै निम्ति राजनीतिमा हाेमिएका हाैँ ।हामीलाई चुक्ने छुट छैन ।”
गण्डकी प्रदेशबाट प्रत्यक्षमा सिट प्राप्त नगरे पनि समानुपातिकबाट २ सिट पाएकाे र आफूहरू गण्डकी प्रदेश केन्द्रित रहने उनको भनाइ थियोे ।
आगामी दिनमा गण्डकी प्रदेश समितिले छिटै नै गण्डकी प्रदेशका ११ वटै जिल्लामा वडा तहसम्म तहगत समिति निर्माण गर्ने, जनताका गुनासा हरेक पार्टी कार्यालयमा टिपाउन सकिने, सरकारी कार्यालयहरुमा नियमित रुपमा अनुगमन हुने, जनताका स-साना मुद्दालाई समेत समाधान गर्ने लगायतका कामहरू गरिने प्रवक्ता रेग्मीले जानकारी दिए ।