ओहिया-सम्दीखोला पोखरा सम्पर्क मन्च गठन: अध्यक्षमा अमृत क्षेत्री

 By Khabar Bhandar
२०७९ माघ २, सोमबार ०९:३४  मा प्रकाशित

 

युवराज पौडेल/माघ ०२

स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका ओहिया सम्दिखोला जन्मथलो भई हाल पोखरामा बसोबास गर्ने युवाहरूको पहलमा ओहिया-सम्दिखोला पोखरा सम्पर्क मन्च शनिबार गठन भएको छ ।

प्रा.डा. दिलबहादुर क्षेत्री लगायत सल्लाहकार रहनुभएको उक्त मञ्चको अध्यक्षमा अमृत बहादुर क्षेत्री चयन हुनुभएको छ । त्यस्तै मञ्चको उपाध्यक्षमा भगवान् खड्का, सचिवमा मनोज कार्की, कोषाध्यक्षमा कृष्णप्रसाद ढकाल, सहसचिवमा विनोद गोदार, सहकोषाध्यक्षमा पूर्णबहादुर क्षेत्री रहनुभएको छ । सदस्यहरूमा निर्मल गोदार, दीपक क्षेत्री (दिलिप), नारन क्षेत्री, धीरेन्द्र क्षेत्री, ओमबहादुर कार्की र समुन्द्रबहादुर कार्की रहनुभएको छ ।

सल्लाहकारमा प्रा.डा.दिलबहादुर क्षेत्री, गोपाल क्षेत्री, एकनारायण ढकाल, भेषबहादुर कार्की, रूकुम क्षेत्री, तिलबहादुर क्षेत्री, ख्यामबहादुर क्षेत्री, नरेन्द्र क्षेत्री, रविन्द्र क्षेत्री रहनुभएको नवगठित मञ्चका अध्यक्ष अमृतबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

स्थायी घर आँधीखोला वडा नं २ ओहिया र वडा नं ६ सम्दीखोला भई हाल अध्ययन, रोजगार र व्यवसायमा पोखरामा बस्ने सम्दीखोले ओहियालीहरूलाई समेटेर तदर्थ समिति गठन गरिएको अध्यक्ष क्षेत्रीले बताउनुभयो । गाउँठाउँको विकासमा केही भए पनि योगदान दिनुपर्छ भन्ने सोचले मञ्च गठन गरिएको उहाँले बताउनुभयो ।

पोखरामा बस्ने सम्दिखोले र ओहियाली आँधीखोलेहरूलाई एकताबद्ध बनाई उनीहरूको क्षमता, स्रोत र पूँजीलाई गाउँ समाजका हितमा उपयोग गर्ने उद्देश्यले मञ्च गठन गरिएको प्रमुख सल्लाहकार प्रा.डा.दिलबहादुर क्षेत्रीले बताउनुभयो ।

 

0
Would love your thoughts, please comment.x
()
x