ओहिया सम्धीखोला पोखरा सम्पर्क मञ्चद्वारा आँखा शिविर

 By Khabar Bhandar
२०७९ फाल्गुन ८, सोमबार ०९:१३  मा प्रकाशित

 

स्याङ्जा, ०८ फागुन

ओहिया सम्धीखोला पोखरा सम्पर्क मञ्चद्वारा आँधीखोला गाउँपालिका ५ पुलको मुखमा आँखा शिविर सम्पन्न भएको छ । हिमालय आँखा अस्पताल घारीपाटनको प्राविधिक सहयोगमा शनिबार उक्त शिविर सञ्चालन भएको  हो ।

शिविरमा २०८ जनाको आँखा निशुल्क जाँच गरिएको थियो । १९२ जनालाई निशुल्क चस्मा र निशुल्क  औषधी वितरण गरिएको ओहिया सम्धीखोला पोखरा सम्पर्क मञ्चका अध्यक्ष अमृत क्षेत्रीले बताउनुभएको छ ।

उक्त शिविरमा हिमालय आँखा अस्पतालका डाक्टर सुवास नेपालको समूहले आँखा परीक्षण गरी उपचार समेत गरेको क्षेत्रीले जानकारी दिनुभयो । उक्त शिविरमा हिमालय आँखा अस्पताल पोखराका पूर्व अध्यक्ष तथा हाल नेत्रज्योति सङ्घ गण्डकी प्रदेशका सभापति डा.दिलबहादुर क्षेत्रीको समेत उपस्थिति रहेको थियो ।

 

0
Would love your thoughts, please comment.x
()
x