
असोज २८, काठमाडौं । उच्चतम सेवा प्रधान गर्ने प्रतिस्पर्धी हवाइ दर तथा होलिडे प्याकेज प्रदान गर्ने विशेषतासहित अष्ट्रेलियामा डोको टुर्सले प्रधान कार्यालय खोलेको छ । सबै खालका यात्रुहरुका लागि सरल र सहज सेवा सुविधा दिने प्रयोजनका लागि कम्पनीको स्थापना भएको बताइएको छ । होलिडे भ्रमणमा सामान्य ट्राभलर, विद्यार्थी, कर्पोरेट ट्राभलरहरुका लागि उच्चस्तरीय सेवा प्रदान गर्ने गरी कम्पनीको स्थापना भएको हो । विशेष खालका शारीरिक र मानसिक रुपमा फरक क्षमता भएका बालबालिका तथा नागरिकहरुका लागि पनि विशेष सहुलियतमा सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।
अशक्त, अपाङ्ग, वृद्धवृद्धाहरुका लागि विशेष हेरचाहका लागि समेत नर्सहरु र टुर गाइडको व्यवस्था गरिएको डोको टुर्सका कार्यकारी निर्देशक विजय पौडेल क्षेत्रीले बताउनुभयो । १५ वर्षभन्दा बढी सेवा अनुभव भएका कर्मचारीहरु भएको डोको टुर्सको लक्ष्य हरेक यात्रुको व्यक्तिगत स्वतन्त्रता र सोखको सम्मान गर्दै उनीहरुको चाहना अनुसार सरल, सुलभ यात्राको सेवा प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ । कम्पनीले सामान्य नागरिकदेखि आरक्षित नागरिकहरुसम्म सबैलाई उच्च सम्मानसहित सेवा दिने गरी नेपालको काठमाडौंमा शाखा कार्यालय खोलिएको पौडेलले बताउनुभयो ।
डोको टुर्सले एसिया, भारत, जापान,भियतनाम, बाली, भुटान, श्रीलङ्का, सिङ्गापुर, थाइल्यान्ड, मलेसिया, दुबइ, फिजी लगायतका देशमा सेवा विस्तार गरेको छ । कम्पनीका प्रतिनिधिहरु विभिन्न एसियाली देशहरुमा रहेका छन् । अष्ट्रेलिया र न्युजिल्यान्डमा पनि एसियाली देशका लागि सेवा दिइने भएको छ । त्यसैका लागि भारतको नयाँ दिल्ली र नेपालको काठमाडौंमा पनि शाखा कार्यालय खोलिएको निर्देशक विजय पौडेल क्षेत्रीले बताउनुभयो ।