
संवाददाता, स्याङ्जा।
०४ असार ।
दलित उत्थान केन्द्र अर्जुनचौपारिद्वारा अर्जुनचौपारी गाउँपालिका वडा न.६ धुले चैनपुरका अतिविपन्न परिवारका ७५ बर्षिया सेते खड्का र ७० बर्षिया आमा पवित्रा खड्काको घर निर्माण सम्पन्न गरि हस्तान्तरण गरेको छ।
आइतबार एक कार्यक्रमका बिच अर्जुनचौपारी गाउँपालिकाका प्रमुख सेवक प्रकाश तिवारीको प्रमुख आतिथ्यमा तथा उपाध्यक्ष सपना गुरुङको विशिष्ट अतिथिमा घर शौचालय तथा बिजुली जडान गरि हस्तान्तरण गरिएको छ।
हस्तान्तरण कार्यक्रममा अर्जुनचौपारी गाउँपालिका प्रमुख प्रकाश तिवारीले दलित उत्थान केन्द्रले पालिका भित्र रहेका अतिविपन्न परिवारको पहिचान गरि छोटो समयमा राम्रो काम गरेको हुँदा पालिकाले दलित उत्थान तथा पालिकाभित्र रहेका अतिविपन्न परिवारको हितका लागि काम गर्न कुनै कमी हुन नदिने पनि बताउनुभएको छ।
घर शौचालय तथा सो घरमा बिजुली जडान निर्माण अभियानका क्रममा अर्जुनचौपारी गाउँपालिका तथा दलित उत्थान केन्द्रको कोषबाट रू.१ लाख ४६ हजार तथा वडा न.६ भेडाबारी हाल यु.के.निवासी उषा राना फेवाली ज्युले रु.१०,००० गरि जम्मा १लाख ५६ हजार १०७ रुपैयाँमा घर तथा शौचालय निमार्ण सम्पन्न भएको छ।
त्यसैगरी जय लक्ष्मी हार्डवयर हेलुका प्रो. समाजसेवी भविश्वर कोइरालाद्वारा १५० पिस बल्क तथा सो घरमा आवश्यक पर्ने खाट दलित उत्थान केन्द्रकी कोषाध्यक्ष कमला सुनारले,विस्तारा सेट दलित उत्थानका सदस्य सितल परियारले गर्नुभएको थियो ।
चामल, नुन, तेल,दाल,चिनि, साबुन मुसुरबारी आमा समुहले प्रदान गर्नुभएको थियो । घरमा चाहिने भाडाहरु गाग्री,प्रेसर कुकर ,थाली,कचौरा,जग, डाडु पन्यु दलित उत्थानकी सदस्य आरती नेपालीको स-परिवारले गर्नुभएको थियो ।
दुई जनालाई लगाउने कपडा सेट वडा न.६ कि हिमा तिवारीले उपलब्ध गराउनुभएको थियो भने त्यहा चाहिने गुन्द्री, जग, दलित उत्थान केन्द्रकी सदस्य अलिसा रसाइलीले प्रदान गर्नुभएको थियो ।
अर्जुनचौपारी गाउँपालिका वडा न.६ का वडा अध्यक्ष नारायण प्रसाद ढकाल ज्युको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तथा आय व्याय दलित उत्थान केन्द्रका अध्यक्ष दिपक विश्वकर्माले गर्नुभएको थियो ।