दलित उत्थान केन्द्र अर्जुनचौपारीद्वारा दु:खी तथा विपन्नको घर निर्माण

 By Khabar Bhandar
२०८० बैशाख १०, आईतवार १६:२५  मा प्रकाशित

 

वैशाख १०, २०८०

दलित उत्थान केन्द्र अर्जुनचौपारीले अर्जुन चौपारी गाउँ पालिका वडा न.२ खाल्टेका हुमबहादुर बि.क. को घर निर्माण गरेर हस्तान्तरण गरेको छ । बिकको २ वर्ष अगाडि घर भत्किएको थियो । घर भत्किएपछि बिकको परिवार अर्काको घरमा बस्दै आएका थिए ।

त्यस्तै गरी अर्जुनचौपारी २ केवरेका चुडाबहादुर चदाराको घर पनि उत्थान केन्द्रले नै मर्मत गरि एक कार्यक्रमका बिचमा हस्तान्तरण गरेको छ । आर्थिक अवस्था अत्यन्त कमजोर भएका चदाराको पनि खरको पालि भएको र पानी पर्दा चुहिने खालको थियो ।

हस्तान्तरण कार्यक्रममा अर्जुन चौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले उत्थान केन्द्रलाई दु:खी विपन्नको घर निर्माण गरेर प्रशंसनीय काम गरेक‍ो बताउनुभयो । उहाँले यस्ता कार्यमा गाउँपालिकाले सधैं  साथ दिने बताउनुभय‍ो ।

केन्द्रद्वारा बिकलाई एक सेट बिस्ताराका साथै लगाउने कपडा समेत हस्तान्तरण गरिएको छ । केन्द्रले छिट्टै अर्जुन चौपारी गाउँपालिका वडा नं १ गाडखानीमा पनि आवास निर्माण गर्ने योजना बनाएको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

 

0
Would love your thoughts, please comment.x
()
x