दोस्रो ढाँडा हुलाक कप भलिबल प्रतियोगिता २०८० पुतलीबजारमा सम्पन्न

 By Khabar Bhandar
२०८० बैशाख २५, सोमबार ०६:१७  मा प्रकाशित

 

युवराज पौडेल/२५ वैशाख ।

दोस्रो ढाँडा हुलाक क्लबद्वारा आयोजित अन्तरक्लब स्तरीय भलिबल प्रतियोगिता स्याङ्जाको पुतलीबजार नगरपालिका ५ बिम्दी ढाँडा हुलाकमा शनिबार सम्पन्न भएको छ । वैशाख १९ गतेदेखि सञ्चालित भलिबल प्रतियोगिता शनिबार समापन भएको छ ।

पुतलीबजार नगरपालिका प्रमुखले वैशाख १९ मा उक्त अन्तरक्लब स्तरीय भलिबल तथा विविध सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख तुलसीराम रेग्मीले खेलकूदको विकासका लागि नगरपालिकाको तर्फबाट सकारात्मक सहयोग गर्न आफू तयार रहेको बताउँदै खेलाडीहरुको सुरक्षा र संरक्षण महत्वपूर्ण रहेको बताउनुभयो ।

चार दिनसम्म सञ्चालित उक्त भलिबल प्रतियोगिताका अतिरिक्त स्थानीय क्लबद्वारा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको आयोजक क्लबकी सल्लाहकार तथा वडा सदस्य बालकुमारी आलेले बताउनुभयो ।

फाइनल खेलमा पुवनपा ०७ मोहोरियाले पुवनपा ०५ आयोजक टिम ढाँडे हुलाकलाई पराजित गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ । दोस्रो स्थानमा आयोजक ढाँडे हुलाक क्लब र तेस्रो स्थान वालिङले प्राप्त गरेको छ ।

 

प्रथम मोहरिया क्लबले रु ५० हजार नगद,ट्रफी र मेडल दोस्रो हुने ढाँडा हुलाक क्लबलाई रु ३० हजार नगद, ट्रफी र प्रमाणपत्र तथा तेस्रो हुने वालिङलाई रु १५ हजार नगद, मेडल र ट्रफी प्रमुख अतिथि कुमार रानाले हस्तान्तरण गर्नुभयो।

समापन समारोहमा बोल्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेसका पूर्व कार्यवाहक सभापति बुद्धिबहादुर राना कुमारले खेलाडीको जीविकोपार्जनको विषय सरकारको प्राथमिकतामा पर्नुपर्ने भन्दै विजेता खेलाडीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

0
Would love your thoughts, please comment.x
()
x