‘धम्मपद’ मा विद्यावारिधि गर्ने पहिलो पोखरेली प्रा.डा.नारायण अधिकारी

 By Khabar Bhandar
२०७९ माघ ६, शुक्रबार १५:३१  मा प्रकाशित

 

रवीन्द्र माकाजू/माघ ०६

ब्राह्मण समाज नेपालका अध्यक्ष प्रा.डा. नारायणप्रसाद अधिकारीलाई धेरैले विद्वान् वक्ताका रूपमा चिन्दछन् । उनको ओजपूर्ण विद्वताले भरिएको प्रवचन सुनिरहुँ जस्तो लाग्छ । श्रोताहरु उनको धारा प्रवाह भाषण सुनेर अघाउँदैनन् । लाग्छ, उनी पोखराका राम्रा कुशल वक्ता हुन् ।

उनले अन्तराष्ट्रिय कृष्णभावनामृत संघद्वारा प्रकाशित ‘श्रीमद्भागवत गीता’, ‘भगवान श्रीकृष्ण’ जस्ता महत्वपूर्ण ग्रन्थको लेखन तथा सम्पादन गरेका छन् । उनले भगवान बुद्धद्वारा प्रतिपादित ‘धम्मपद’ ग्रन्थको भावानुवाद मात्र नगरी पहिलोपल्ट व्याख्या र विवेचना पनि गरेका छन् । यो कार्य सम्भवत नेपालमा पहिलोपल्ट भएको छ । सायद ‘धम्मपद’ जस्तो ग्रन्थमा विद्यावारिधि गर्ने नारायणप्रसाद अधिकारी पहिलो पोखरेली मात्र होइनन् । सम्भवत पहिलो नेपाली पनि हुन् ।

वि.सं. २०१६ साल बैशाखमा स्याङ्जाको चापाकोटमा जन्मिएका डा. अधिकारी हाल पोखरा १५ नयाँ गाउँमा बसोबास गर्दछन् । त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर गरेका अधिकारीले विभिन्न विद्यालयमा पढाउनुका साथै ०४३ सालबाट ०७८ सालसम्म पृथ्वीनारायण क्याम्पसमा लगातार चक र डस्टर लिएर जान भ्याए । उनले केही वर्ष माछापुच्छ्रे एफ.एम.मा धार्मिक कार्यक्रम पनि सञ्चालन गरे ।

उनका ‘हाम्रा सोह्र संस्कार’ ‘गौतम बुद्ध र उनका धम्मपद’ लगायतका थुप्रै पुस्तक प्रकाशित छन् । डा. अधिकारीले आत्मानुसन्धान लगायतका थुप्रै पुस्तकको अनुवाद गर्न भ्याए भने थुप्रै सन्धानमूलक लेख प्रकाशित गरे ।

उनले ब्राह्मण समाजको नेतृत्व गर्दै मुलुकलाई जातीय राज्य हुनबाट बचाए । वि.सं. २०३६ सालमा लक्ष्मी लम्सालसँगै वैवाहिक सम्बन्ध गाँस्नु भएका प्राध्यापक अधिकारी दम्पत्तीका २ सुपुत्र र एक सुपुत्री छिन् ।

उनले विभिन्न सङ्घसंस्थाबाट धेरै मायाको चिनो, सम्मानपत्र, नगद पुरस्कार पाएका छन् भने भारत, दक्षिण कोरिया, अमेरिका, बेलायत, नेदरल्याण्ड लगायतका भूमिमा पाइला टेक्ने सौभाग्य पनि पाएका छन् ।

डा. अधिकारीको व्यक्तित्वको कदर गर्दै उनलाई ‘वादनारायण’ को संज्ञा दिइएको छ । जस्को अर्थ हुन्छ – ‘महर्षि वेदव्यास’ । जसले १८ पुराणका अतिरिक्त अरू पनि धार्मिक ग्रन्थ लेखे ।

जे होस् उनको व्यक्तित्वको कदर ढिलोचाँडो राज्यले, समग्र नेपाली समाजले गर्ने नै छ ।

 

0
Would love your thoughts, please comment.x
()
x