पशुपतिनाथको मन्दिर आज दिनभर बन्द रहने

 By Khabar Bhandar
२०७७ पुष २६, आईतवार ११:१५  मा प्रकाशित

 

श्रावण १६ , २०७७

युवराज पौडेल

पशुपतिनाथको मन्दिर आज (आइतबार) दिनभर बन्द हुने भएको छ ।

शनिबार धनुर्मास पर्व परेको र रातभर पूजा आराधना गरिएकाले आइतबार दिनभर मन्दिर बन्द हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाकाअनुसार अब सोमबार बिहान ६ बजेमात्रै मन्दिर खुल्नेछ । पशुपतिनाथ मन्दिर दर्शनार्थीको लागि हरेक दिन बिहान साढे ५ बजेदेखि दिउँसो १ बजेसम्म खुला गर्ने गरिएको छ ।

धनुर्मास पर्वमा रातभरि पूजा गरेपछि भोलिपल्ट मन्दिर बन्द गर्नुपर्ने नियम रहेको खतिवडाले बताए । कोरोना महामारीका कारण झण्डै ९ महिना बन्द भएको मन्दिर गएको पुस १ गतेदेखि खुलेको थियो ।

पशुपतिनाथलाई चिसोबाट जोगाउन भन्दै मूल मन्दिरमा हिजो धनुर्मास पूजा गरिएको हो ।

 

0
Would love your thoughts, please comment.x
()
x