
पाल्पा – पाल्पाको रामपुर नगरपालिकाका नबनिर्वाचित जनप्रतिनिधिहरुको पदबहाली भएको छ । स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका नगरप्रमुख रमण बहादुर थापा र उपप्रमुख बालकुमारी थापा सहितका जनप्रतिनिधिहरुले शुक्रबार सपथपछि पदवाहली गरेका हुन् ।
पदबहाली पुर्व नगरप्रमुख थापाले नगरपालिकाका १० वटै वडाका सबै जनप्रतिनिधिहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । नगरप्रमुख थापाले यस अघि बिहिबार पाल्पाका न्यायाधीश खड्क बहादुर के.सी. संग पालिका प्रमुखको रुपमा सपथ लिनुभएको थियो ।
पदवाहली कार्यक्रमपछि नगरप्रमुख थापाले रामपुर औधोगिक ग्रामको निर्माणाधिन कामलाई अघि बढाउने बताउनुभयो । उहाँले नागरिकको आवश्यकतालाई ध्यान दिदै सुन्दर र बस्न लायक नगर बनाउने बताउनुभयो ।
नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले अपाङ्गता सिफारिस पत्रमा तोक लगाउदै नगरको हितमा सदैव लाग्ने र नगरबासीको मर्म बुझेर काम गर्दै सबैको सल्लाहमा नगर बिकासमा जुट्ने प्रतिबद्धता व्यक्त गनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुबेदीले पदबहाली संगै गर्ने काम र योजना सिफारिसबारे सहजिकरण गर्नुभएको थियो ।
नगरपालिका प्रबेशमा नगरका कर्मचारीले भव्य स्वागत गरेका थिए । गेटदेखी नै स्वागतम् लेखेको आकृती बनाएर दुबोको माला र पुष्पगुच्छाले प्रशासकीय अधिकृत गंगालाल सुबेदी सहित शाखा प्रमुख र कर्मचारीले स्वागत गरेका हुन् ।