
स्याङ्जा, चैत्र २५
नमूना अन्तर समूह महिला सञ्जाल पुतलीबजार ३ को आयोजना, जिल्ला अस्पताल स्याङ्जाको प्राविधिक सहयोग र पुतलीबजार नगरपालिका वडा नं ३ को आर्थिक सहयोगमा पुतलीबजार नगरपालिका वडा नम्बर ३ स्थित श्री सरस्वती माध्यमिक विद्यालय गैरीखेतमा २०७९ चैत्र २५ गते पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धि एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि सोमबहादुर कुँवर, सविता पौडेल, सरस्वती मा वि गैरीखेतका प्रधानाध्यापक कृष्ण गोदार, पुण्यशीला आधारभूत विद्यालयका प्रधानाध्यापक तथा शिक्षक संघ पुतलीबजारका अध्यक्ष लेखनाथ शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख तुलसीराम रेग्मीले पुतलीबजार नगरपालिकाले नगरबासीहरुको स्वास्थ्यस्तर सुधार गर्नका लागि निशुल्क स्वास्थ्य परीक्षण, निशुल्क आँखा शिविर लगायतका कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भयो । स्वास्थ्य परीक्षणका क्रममा जिल्ला बाहिर रिफर गर्नु परेमा पुतलीबजार नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
नमूना अन्तर समूह महिला सञ्जालका अध्यक्ष गीता आचार्य मरासिनीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्जालका सहसचिव भीमकुमारी उपाध्यायले गर्नुभएको थियो ।
स्वास्थ्य परीक्षणका क्रममा १७२ जना महिलाहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ, जसमध्ये १० जनालाई पोखरा रिफर समेत गरिएको छ । स्वास्थ्य परीक्षण पश्चात निशूल्क अउषषधी समेत वितरण गरिएको थियो ।
जिल्ला अस्पताल स्याङ्जाका डा. सलिना पौडेल, वरिष्ठ नर्स कृष्णकुमारी कार्की, नर्स अनुसा कुवर, फार्मसिस्ट सुरक्षा मरासिनी लगायतको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण तथा ओैषधी वितरण गर्नभएको जानकारी नमूना अन्तर समूह महिला सन्जालका अध्यक्ष गीता आचार्य मरासिनीले दिनुभयो ।