युवराज पौडेल, १५ फागुन ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजना, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय पशु सेवा विभाग केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौको प्राविधिक सहयोग एवं पुतलीबजार नगरपालिकाको समन्वयमा घरपालुवा /सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज विरुद्ध खोप कार्यक्रम आइतबार सम्पन्न भएको छ।
जथाभावी कुकुरको संख्या बढी भएको कारण सडक दुर्घटना बढ्ने गरेकाले यसको कमी ल्याउन र सन् २०३० सम्म कुकुरबाट मानवमा सर्ने रोग शुन्यमा पुर्याउन नेपाल सरकारले अन्तरार्ष्ट्रिय समुदाय समक्ष प्रतिबद्धता गरे बमोजिम कार्यक्रम गर्न लागको वरिष्ठ पशु चिकित्सक डा अर्जुन अर्यालले बताउनुभयो ।
जथाभावी सडकमा कुकरहरुको संख्या बढ्दै गएको र संभावित सरुवा रोगको जोखिम रहेकोले यस्ता कार्यक्रमबाट जोखिम न्युनीकरण गर्न सहज हुने नगर प्रमुख तुलसीराम रेग्मीले बताउनुभयो।
कार्यक्रममा ९८ कुकुरहरुको बन्ध्याकरण तथा रेविज बिरुद्ध खोप लगाईएको पुतलीबजार नगरपालिका पशु शाखा प्रमुख डा. अनिल गौतमले बताउनुभयो । कार्यक्रमको व्यवस्थापन एवं समन्वय भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका योजना प्रमुख गोपाल गिरीले गर्नुभएको थियो।
पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीज्युको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पशु चिकित्सक डा.अर्जुन अर्याल र पशु चिकित्सक टंक प्रसाईंको विशेष उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्राविधिक पुरुषोतम कोईरालाले गर्नुभएको थियो।