पुतलीबजार नगरपालिकाको नगर सभाको १२ औं बैठक सम्पन्न

 By Khabar Bhandar
२०७९ पुष २२, शुक्रबार ०८:५४  मा प्रकाशित

 

युवराज पौडेल/स्याङ्जा
२२ पौष २०७९

पुतलीबजार नगरपालिकाको नगर सभाको १२ औँ बैठक पुतलीबजार नगरपालिकाको सभा हलमा बिहिबार सम्पन्न भएको छ । उक्त बैठकमा आ.ब. २०७९/८० को नीति, कार्यक्रम योजना र बजेटबाट हालसम्म भए गरिएका कार्यहरुको प्रगति समीक्षा भएको छ ।

सभामा नगर उपप्रमुख देवी अर्यालले पेश गर्नुभएको बजेट संसोधन प्रस्ताव र न्यायिक समितिको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक सन्तोष रेग्मीले, विधायन समितिको प्रतिवेदन सो समितिकी संयोजक अनिता रुचालले र सुशासन समितिको प्रतिवेदन संयोजक सञ्चिता नेपाल अर्यालले प्रस्तुत गर्नुभएको थियो । सभामा ती समितिका प्रतिवेदन सर्वसम्मत रुपले पारित एवं स्वीकृत गरिएको छ ।

कार्यक्रममा विभिन्न विषयमा उठेका प्रश्न र सवालहरुका सम्बन्धमा नगर प्रवक्ता मनोज पौडेलले जवाफ दिनुभएको थियो । सभामा वडा समितिबाट पेश हुन आएका थप केही योजना तथा कार्यक्रम र प्रदेश तथा संघ सरकारमा पेश हुने आयोजनाहरु, विशेष अनुदान तथा समपुरक अनुदानका आयोजनाहरुको छनौट एवं स्वीकृत गर्ने कार्य भएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

 

0
Would love your thoughts, please comment.x
()
x