पुतलीबजार नगरपालिका र चरक अस्पतालद्वारा स्वास्थ्य शिविर

 By Khabar Bhandar
२०७९ पुष २९, शुक्रबार २०:३१  मा प्रकाशित

 

युवराज पौडेल/ पौष २९

स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिकाको कार्यालय र पुतलीबजार नगरपालिका वडा नं ५ को आयोजना तथा चरक मेमोरियल अस्पताल पोखराको प्राविधिक सहयोगमा पुतलीबजार वडा नं ५  पौवेगौंडेमा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

आज सम्पन्न भएको स्वास्थ्य शिविरमा प्रसुति रोग, हाडजोर्नी, पाठेघरको मुखको समस्या, क्षयरोग लगायतका बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।

परीक्षणका लागि चरक मेमोरियल अस्पताल पोखराका हाडजोर्नी, स्त्री रोग, जनरल फिजिसियन लगायतका विभिन्न विषयका ५ जना विशेषज्ञ डाक्टरहरू उपस्थित थिए ।

शिविरमा करिब ३२० जना बिरामीको स्वास्थ्य परीक्षण तथा विशेषज्ञ सेवासहितको उपचार गरिएको थियो । पाठेघरको मुखको परीक्षण ७५ जना, क्षयरोगको माइक्रोस्कोपिक परीक्षण ५२ जनालाई गरिएको थियो ।

उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले शिविरका लागि सहयोग गर्ने डाक्टर, नर्स, कर्मचारीहरूलाई धन्यवाद दिँदै जनताको स्वास्थ्य संवेदनाशीलताप्रति आफू सधैं सचेत रहेको बताउनुभएको थियो । उहाँले आर्थिक समस्याले गर्दा अस्पतालसम्म पुग्न नसकेर रोग पालेर बसेका बिरामीहरूलाई मध्यनजर राखेर शिविर आयोजना गरिएको बताउँदै अन्य वडाहरूमा पनि यस्ता कार्यक्रम गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।

वडा नं ५ का वडाध्यक्ष अर्जुनकुमार कार्कीको सभापतित्वमा सम्पन्न भएक‍ो उक्त कार्यक्रमको स्वागत वडा नं ५ का वडा सदस्य सन्तोष रेग्मीले गर्नुभएको थियो भने सञ्चालन पुतलीबजार नगरपालिका स्वास्थ्य शाखाका अधिकृत ईश्वरबहादुर थापाले गर्नुभएको थियो ।

 

0
Would love your thoughts, please comment.x
()
x