युवराज पौडेल, २६ माघ ।
पाँचौ राष्ट्रपति पुतलीबजार रनिङ शिल्डको दोस्रो दिन विविध खेलकुद प्रतियोगिता सम्पन्न भएका छन् । चार दिवसीय खेलकूद कार्यक्रमको हिजो एक भव्य समारोहका बिच प्रतिनिधि सभाका माननीय सांसद राजु थापाले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमको आज दोस्रो दिन पुतलीबजार नगरपालिकाभित्रका विद्यालयका विद्यार्थीहरुका बिचमा खेलका विभिन्न विधामा प्रतिस्पर्धा भएको पुतलीबजार नगरपालिका शिक्षा शाखाका अधिकृत गोविन्दराज सुबेदीले बताउनुभएको छ ।
दोस्रो दिन बिहान ८ बजेबाटै खेलकुदका प्रतियोगिता सञ्चालन भएका थिए । आज १५०० मिटर रिले दौड, ४०० मिटर दौड तथा लङजम्प र भलिबल लगायतका खेलहरु सम्पन्न भएको सुवेदीले बताउनुभयो ।
१५०० मिटर छात्र दौडमा मातृभूमि माध्यमिक विद्यालयका यामबहादुर केसी प्रथम भएका छन् भने त्रिभुवन आदर्श माविका अमृत नेपालीले द्वितीय स्थान हासिल गरेका छन् । ज्योति आवासीय माविका प्रतीक शाही तृतीय भएका छन् ।
छात्रा दौडतर्फ मनकामना माविकी मालती बिक प्रथम भएकी छन् भने कोल्मा माविकी रविना बुढामगर दोस्रो भएकी छन् । कालिका माविकी अनुषा कोइरालाले तृतीय स्थान प्राप्त गरेकी छन् ।
लङजम्पतर्फ छात्रमा स्याङ्जा माविका शक्ति गोताम प्रथम, हिमालय माविका समिर सुनार दोस्रो र काजीमान हरिटीका माविका समीर कुमाल तेस्रो भएका छन् ।
लमजम्प छात्रातर्फ हिमालय माविकी पुष्पा गुरुङ प्रथम, काजीमान माध्यमिक विद्यालयकी रोशनी कुमाल द्वितीय, त्रिभुवन आदर्श माध्यमिक विद्यालयकी कञ्चन शर्मा तृतीय भएकी छन् ।
२०० मिटर दौडमा छात्रतर्फ प्रथम मातृभूमि माविका विशाल जिटी प्रथम, रोशनी आवासीय माविका मुकेस सापकोटा दोस्रो र त्रिभुवन आदर्शका रञ्जित घर्ती तृतीय भएका छन् ।
त्यस्तै छात्रातर्फ २०० मिटर दौडमा रोशनीकी कुसुम गोदार प्रथम, ज्योतिकी रञ्जना साउद दोस्रो र सरस्वती मावि नागडाँडाकी सदीक्षा पोखरेल तृतीय भएकी छन् ।खेलका विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले मेडल र प्रमाणपत्र दिनुभएको थियो ।