‘बम्बइको साडी’ लिएर आए गायक घनश्याम रिजाल

 By Khabar Bhandar
२०७९ श्रावण १२, बिहीबार २१:४४  मा प्रकाशित

 

खबर भण्डार संवाददाता

स्याङ्जाका चर्चित कलाकार घनश्याम रिजाल, रामजी खाँड, शिव हमाल र अस्मिता रनपालले संयुक्त रुपमा बम्बैको साडी गीत बजारमा ल्याएका छन् । नेपालीहरुको महान् चाड तीजको आगमनको बेलामा उनीहरुले यो गीत दर्शक श्रोताहरुसामु प्रस्तुत गरेका छन् ।

यी ४ जना स्याङ्जालीको सहकार्यमा उक्त गीत बजारमा ल्याइएको छ । यो नाच्न मिल्ने खालको तीजको गीतका रुपमा आएको छ । सुरुमै धेरै श्रोता दर्शकले गीत मन पराएको गायक घनश्याम रिजालले बताउनुभयो ।

गायक रिजालले यस अघि पनि ‘घर शुन्य भो’, ‘बाख्रा पालमला’ जस्ता सन्देशमूलक गीतका साथै ‘सरसर डालीमा बसेको चरी’ ‘अमिलो रसैले’ जस्ता रसिक गीतहरुमार्फत् आफ्नो लोकप्रियता प्रस्तुत गरिसकेका छन् ।

नेपाली चेलीहरुमा बम्बैको सारी र बनारसको सारीप्रतिको क्रेज परम्परादेखि नै कथन बनिसकेकाले बम्बैको साडीलाई गीतमा महत्व दिइएको गायक रिजालले बताउनुभयो । ‘कि त बम्बैको कि त वनारसको सारी चेलीलाई उपहार दिने नेपाली प्रचलनलाई गीतले उजागर गरेको छ ।’ रिजालले बताउनुभयो ।

 

0
Would love your thoughts, please comment.x
()
x