बस दुर्घटनामा ३० घाइते, १० को अवस्था गम्भीर

 By Khabar Bhandar
२०७८ कार्तिक १, सोमबार १५:२८  मा प्रकाशित

 

कार्तिक १, नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा आज बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

घाइतेमध्ये १० को अवस्था गम्भीर रहेकामा तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।

बा ४ ख ५७६२ नम्बरको बस किस्पाङ–१ भाल्चेबाट त्रिशुली हुँदै काठमाडौँ जाने क्रममा दुर्घटनामा परेको थियो । छतमा समेत यात्रु राखिएको उक्त बसको ब्रेकफेल भई दुर्घटना भएको बुुझिएको छ ।

 

0
Would love your thoughts, please comment.x
()
x