राजदेवी मन्दिरमा १४ हजार बढी बोकाको बलि

 By Khabar Bhandar
२०७८ आश्विन २८, बिहीबार १३:१४  मा प्रकाशित

 

 धनुषा, असोज २९ । जनकपुरधाममा रहेको राजदेवीमा मन्दिरमा १४ हजारभन्दा बढी बोकाको बलि दिइएको छ ।

बुधबार राति ८ बजेदेखी बिहीबार बिहान साढे ३ बजेसम्म उक्त बलि दिइएको राजदेवी मेला समितिले जानकारी गराएको छ । महाअष्टमीमा राजदेवि मन्दिरमा १४ हजार २९१ वटा बोकाको बलि दिइएको हो ।

कोरोना महामारीका कारण करिब ९ हजार बोका बलि दिइएको थियो । बोका बलि दिन नेपाल तथा भारतका भक्जनहरू आउने गरेका छन् । दसैँको घटस्थापनादेखि जनकपुरधामको राजदेवी मन्दिर लगायतका अन्य विभिन्न शक्तिपिठ पूजापाठ गरिदै आएको छ । (रासस)

 

 

 

 

 

 

 

0
Would love your thoughts, please comment.x
()
x