
२०८० असार १
संवाददाता ।
सदियाैँ युगदेखी खेती गर्दै आएका बालीहरु लोपोन्मुख अवस्थामा पुगेपछि स्याङ्जाको पुतलीबजार नगरपालिकाले आ. व २०७९/८० को संघीय शसर्त कार्यक्रम अन्तर्गत रैथानेबाली प्रबर्द्धन सम्बन्धि स्थलगत तालिम यही जेठ २५ देखि जेठ ३० गतेसम्म सञ्चालन गरेको छ ।
उक्त तालिम पुतलीबजार नगरपालिकाका ५ वटा वडामा संचालन गरिएको छ, जसअन्तर्गत वडा न. २,५,७,८ र १४ मा रैथानेबाली प्रबर्द्धन सम्बन्धि एकदिने स्थलगत तालिम सञ्चालन गरिएको कृषि विकास शाखामा कार्यरत नायब प्राबिधिक सहायक नबिन के.सी ले जानकारी दिनुभएको छ ।
कार्यक्रममा प्रत्येक वडाबाट ३० जना कृषकहरूको सहभागिता रहेको के.सी.ले जानकारी दिनुभएको छ । प्रशिक्षकका रूपमा विभिन्न वडामा कृषि विकास अधिकृत अस्मिता अर्याल, प्रा. स. सुबास ढकाल,नायब प्राबिधिक सहायक नबिन के. सी, नायब प्राबिधिक सहायक कमला जैसी,नायब प्राबिधिक सहायक टेक बहादुर थापा लगायतको सहभागिता थियो । सहजकर्ता स्वयंसेवकका रूपमा टेकबहादुर थापा रहनुभएको छ ।