
युवराज पौडेल
श्री शिवशक्ति बहुद्देश्यीय सहकारी संस्था पुतलीबजार ३ ले २०७९ भदौ २९ गते बाल दिवसको अवसरमा श्री चण्डीकालिका बहिरा आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग गरेको छ । आवासीयरुपमा बस्ने बालबालिकाहरुलाई सहयोग पुर्याउने उद्देश्यले संस्थाले सहयोगको कार्यक्रम आयोजना गरेको छ ।
श्री चण्डीकालिका बहिरा आधारभूत विद्यालयले जिल्ला भरका २९ बहिरा बालबालिकाहरुलाई आवासीय सुविधा सहित पठनपाठनको व्यवस्था गरेको छ । शिवशक्ति बहुउद्देश्यीय सहकारी संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बहिरा बालबालिकाहरुलाई चामल, खाने तेल, दाल लगायतका खाद्यान्न सामग्री सहयोग गरेको हो ।
बाल दिवसको अवसर पारेर संस्थाले उक्त विद्यालयमा एक कार्यक्रमबीच खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । चण्डीकालिका बहिरा आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमीरबक्स मियालाई संस्थाका सञ्चालक समितिका अध्यक्ष महेन्द्रप्रसाद रेग्मीले सहयोग सामग्री हस्तान्तरण गर्नुभएको जानकारी संस्थाका सचिव कृष्ण गोदारले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष महेन्द्रप्रसाद रेग्मीले आगामी दिनमा यस सहकारी संस्था लोककल्याणका काममा निरन्तर लाग्ने बताउनु भयो । कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा समिति तथा उपसमितिका पदाधिकारीहरु शेयर सदस्यहरु, कर्मचारीहरु तथा विद्यालका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।