
स्याङ्जा २२ जेठ
बालनरसिंह— सुवर्णकुमारी अधिकारी गुठी पुरस्कारबाट प्रदान गरिने बालनरसिंह सुवर्णकुमारी स्मृति साहित्य पुरस्कारबाट स्याङ्जाका चार जना साहित्यकार सम्मानित हुनुभएको छ ।
गत शनिबार गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति प्राज्ञ सरुभक्तले उहाहरु ४ जनालाई सम्मान गर्नुभएको छ । सम्मानित हुनेमा आधीखोला गाउपालिका हाल भरतपुर निवासी डा. एकनारायण पौडेल, अर्जुनचौपारी गाउँपालिका हाल भरतपुर निवासी डा. कृष्णप्रसाद सापकोटा, पुतलीबजार नगरपालिका १४ निवासी चिन्तु गिरी र पुतलीबजार नगरपालिका १ हाल काठमाण्डौं निवासी डा. रजनी ढकाललाई प्रदान गरिएको हो।
सम्मानसहित पुरस्कार प्रदान गर्दे प्राज्ञ श्रेष्ठले स्याङ्जामा पुरानो पुस्ताका त्रिमुर्ति विश्वप्रेम अधिकारी,देवीप्रसाद वनबासी र चिन्तु गिरीदेखि नयाँ पुस्ताका साहित्यकारहरूको सक्रियता प्रशंसनीय रहेको बताउनुभएको थियो ।
कार्यक्रममा पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला, ज्याग्दीखोला प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्साल, सम्मानित ब्यक्ति एवं साहित्यकार डा. एकनारायण पौडेल, डा. कृष्णप्रसाद सापकोटा, चिन्तु गिरी र डा. रजनी ढकालको सहभागिता रहेको थियो । सम्मानित हुनेहरूलाई जनही १५ हजार रुपैंयासहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको छ ।
प्रा.डा.डिलबहादुर क्षेत्री, लेखक एवं राजनीतिज्ञ कुमार राना, यानकी पुरस्कारका संस्थापक तुलसी गिरी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, उद्योग वणिज्य संघका वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठ, च्याम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष श्री गुरुङ लगायतले धारणा राख्नुभयो ।
स्याङ्जाका साहित्यकारहरु मिलन समिर, शम्भु अर्याल, अथिर भुषाल, लक्ष्मी काफले, लेखनाथ काफले, कमला अधिकारी, सुनिता पौडेल, विक्रम सम्बत, लगायतका दर्जन भन्दा बढीले आ आफना साहित्यिक रचना वाचन गर्नुभएको थियो ।
गुठीका अध्यक्ष विश्वप्रेम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमममा उपाध्यक्ष पुष्पकुमार अधिकारीले स्वागत एवं सचिव रविन केसीले संचालन गर्नुभएको थियो ।