सल्यानमा बस दुर्घटना, कम्तीमा सात जनाको मृत्यु

 By Khabar Bhandar
२०७८ कार्तिक २१, आईतवार १३:२३  मा प्रकाशित

 

 

कार्तिक २१, सल्यान । सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ।

सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आइतबार बिहान भएको दुर्घटनामा परी सात जनाको मृत्यु भएको पुष्टि गरेका छन्। बस सडकबाट २ सय मिटर तल खसेको छ।

‘घटनास्थलमै पाँच जनाको मृत्यु भइसकेको छ,’ डिएसपी थापाले सेतोपाटीसँग भने, ‘उद्धार गरी श्रीनगर लगिएका थप दुई बालबालिकाको पनि मृत्यु भएको खबर छ।’

थापाले आफू घटनास्थलमै रहेको र घाइते यात्रुको उद्धार भइरहेको बताए।

‘घाइतेको संख्या धेरै छ,’ उनले भने, ‘हामी उद्धार गरी अस्पताल पुर्‍याउँदै छौं।’ बसमा ३० जना यात्रु रहेको बताइएको छ।

सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।

बस दाङको तुलसीपुरस्थित राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिको हो। प्रालिका प्रशासनिक सचिव प्रकाश भट्टले ना २ ख २५५२ नम्बरको बस दुर्घटनामा परेको जानकारी दिए। -सेतो पाटी

 

 

 

0
Would love your thoughts, please comment.x
()
x