सूर्योदय वोमी लघुवित्त स्याङ्जाद्वारा क्याम्पसलाई डस्टविन वितरण

 By Khabar Bhandar
२०८० असार ४, सोमबार २२:५८  मा प्रकाशित

 

संवाददाता,स्याङ्जा । 
असार ४ ।

सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरगत फोहोर संकलन गर्ने डष्टबिन वितरण गरेको छ । लघुवित्तले त्रिभुवन आदर्श बहुमुखी क्याम्पस र १००८ चम्पागिरी आश्रमलाई २÷२ थान ठूलो डष्टविन वितरण गरेको हो ।

डष्टविन हस्तान्तरण गर्दै सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडका पूवं संचालक एंव संस्थापक सेयर धनी रमेश गोदारले संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत उपलब्ध डष्टविनको उचित सदुपयोग गर्न अनुरोध गर्नुभयो ।

उहाँले प्रतिकात्मक रुपमा सबै सँगै छौं भन्नका लागि डष्टविन उपलब्ध गराएको भएपनि प्रत्यक्ष परोक्ष रुपमा सबै लघुवित्तमा जोडिएको बताउँदै सहकार्य र साझेदारीका लागि सबैलाई अनुरोध गर्नुभयो ।

डष्टविन ग्रहण गर्दै त्रिभुवन आदर्श बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख बाबुकुमार सिग्देल र १००८ चम्पागिरी आश्रमका संचालिका गीता गिरीले डष्टविन उपलब्ध गराएकोमा धन्यवाद दिँदै यसको सही सदुपयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा प्राध्यापकहरु सोम लम्साल, युवराज पौडेल, सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडका क्षेत्रिय प्रमुख अमित क्षेत्री, त्रिभुवन आदर्श क्याम्पसका प्रशासन प्रमुख फणीन्द्र पौडेल, स्ववियू उपसभापति महादेव कार्की, लघुवित्तका आन्तरिक लेखा परीक्षक लक्ष्मी अर्याल, शाखा प्रमुख विष्णुहरी घिमिरेलगायतले मन्तव्य राख्नुभएको थियो ।

लघुवित्तले जिल्लाभर विभिन्न क्याम्पस, मन्दिर, सार्वजनिक स्थल, हाटबजार लगायतका स्थानमा गरी ५० बढी डष्टविन वितरण गरिने क्षेत्रीय प्रमुख क्षेत्रीले जानकारी दिनुभयो ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस लघुवित्त संस्था बि.सं. २०७० सालमा पुतलीबजार नगरपालिका वडा नं. १ मा स्थापना भई हाल केन्द्रिय कार्यालय भक्तपुरको काभ्रे र क्षेत्रीय कार्यालय पुतलीबजार रहेको लघुवित्तले ७ प्रदेशका ५५ जिल्लाका १९२ शाखा मार्फत १ लाख ८५ हजार ५४२ सदस्यमा सेवा पुराइरहेको छ ।

 

0
Would love your thoughts, please comment.x
()
x