By Khabar Bhandar
२०७९ माघ २९, आईतवार ०६:४७  मा प्रकाशित

 

पुतलीबजार नगरपालिका-३ कुमाल गाउँमा अवस्थित काजिमान हरिटीका माध्यमिक विद्यालयद्वारा आयोजित बृहत् पुनर्मिलन तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

उक्त कार्यक्रम प्रमुख अतिथि सङ्घीय सांसद माननीय राजु थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले आफू पढेको विद्यालय काजिमानको छुट्टै इतिहास रहेको भन्दै विद्यालयको विकासका लागि आफू पूर्ण रूपले तयार रहेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालय गुणस्तरीय बनाउनुपर्ने बताउनुभयो

विशिष्ट अतिथि गण्डकी प्रदेश माननीय सुधिर पौडेलले सामुदायिक विद्यालयमा गरिब तथा विपन्न वर्गका विद्यार्थीहरू पढ्ने भएकाले यसको गुणस्तरमा वृद्धिमा सबै लाग्नु पर्ने बतानुभयो । उहाँले सार्वजनिक शिक्षामा राज्यक‍ो लगानी खेर जाने अवस्था रहेको बताउनुभयो ।

पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले काजिमानले देखेको शिक्षाको सपना पुरा गर्ने जिम्मा हामी सबैको रहेको भन्दै आफूले सार्वजनिक विद्यालयको गुणस्तर वृद्धि गर्न विभिन्न तरिकाले प्रयास गरिरहेको बताउनुभयो ।

कार्यक्रममा पुतलीबजार नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम बराल, नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका सदस्य कुमबहादुर गुरूङ, प्रअ ऋषिराम शर्मा, पूर्व प्रअ रामकरण चौधरी, पूर्व विद्यार्थी ध्रुव शर्मा, त्रिभुवन आदर्श माविका प्रअ मुक्ति रेग्मी, पूर्व प्रअ ओमप्रकाश शर्मा, विद्यालयका शिक्षक युवराज पौडेलले लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा पूर्व शिक्षकहरू र आजीवन सदस्य र विद्यालयको शैक्षिक र भौतिक पक्षमा योगदान दिएकाहरूलाई दोसल्ला ओडाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ई-अनुप श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालनविद्या, विदयार्थी सुशान्त सापकोटा र स्वागत विद्यार्थी दीपशल शर्माले गर्नुभएको थियो ।

 

0
Would love your thoughts, please comment.x
()
x